राजनीति

यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्छः नेता भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यथास्थितिमै सरकार अगाडि बढेमा व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताउँदै उनले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसक्ने बताए ।

‘यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ । संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ । त्यसकारण सरकार होईन, अब काम गरेर देखाउनुपर्छ । म व्यवस्थाको निमित्त लडेको हुँ । पाँच वर्ष जेल बसेको छु । पिटाइ खाएको छु । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौं भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौं,’– उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *