कोशी प्रदेश

समाजवादी मोर्चाले विराटनगरमा आयोजना हुने सन्देश सभामा प्रदेशको नाम नै छैन उल्लेख

काठमाडौं । सोमबार समाजवादी मोर्चाले सन्देशसभा गर्ने भएको छ । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गर्ने सन्देश सभा कार्यक्रमको ब्यानरमा कोशीप्रदेशको नाम नै उल्लेख गरिएको छैन् । समाजवादी मोर्चा भित्रै विवाद भएपछि कोशी नामै नलेखी विराटनगरमा समाजवादी मोर्चाको सन्देश सभा हुने भएको छ ।

मोर्चामा रहेका जसपा, एकीकृत समाजवादी, माओवादीभित्र नै कोशी लेख्ने नलेख्ने विषयमा विवाद बढेपछि कोशी प्रदेशमा सोमबार आयोजना हुने सन्देश सभा कार्यक्रममाको ब्यानरमा कोशी प्रदेशको नाम नै उल्लेख नगरि सभा संचालन गर्ने तयारी भएको छ । सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूले सभागिता जनाउने बुझिएको छ ।

बिराटनगरस्थित मनास्लु होटलमा आयोजित हुने कुनै प्रर्चामा कोशी प्रदेश उल्लेख गरिएको छैन । यसले के देखाउँछ भने समाजवादी मोर्चाले सबैलाई समेट्नुपर्नेमा विवाद र विभेदको अवस्था सिर्जना गरेको छ । प्रधानमन्त्रीसहित शिर्ष दलका नेताहरु नै सहभागि हुने कार्यक्रममा यस्तो कसरी हुन्छ ? के कोशी प्रदेशलाई नसमेट्न प्रधानमन्त्रीले नै निर्देशन दिएका हुन त? भन्ने आभास पनि भइरहेको छ ।

मोर्चा बन्नुको उदेश्य नमिलेको असहमतिलाई सहि निर्णय गरेर शान्ति स्थापना गर्दै देशलाई सही मार्गतिर अगाडी बढाउनु हो । तर यस्तो गतिविधिले समाजवादी मोर्चा गर्नुको कुनै देखिदैँन । प्रधानमन्त्रीले नै विवाद उठेको विषयमा निष्कर्ष निकालेर समाधान गर्नुपर्ने हुन्छ । मोर्चाले यस अघि अरू प्रदेशमा गरिएको कार्यक्रममा भने प्रदेशको नाम राखिएको थियो ।

गएको फागुन १७ गते प्रदेशको नामकरण हुँदा मोर्चामा रहेको माओवादीले कोशीको पक्षमा मतदान गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *