
काठमाडौं । धरानमा कोशी प्रदेशका दुईजना पूर्वमुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्र राईबीच भेटवार्ता भएको छ।आइतबार राति धरानस्थित होटलमा भोजपुर गृहजिल्ला रहेका दुई नेताबीच भएको भेटवार्तामा कोशी प्रदेश सरकारलाई लिएर छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन र एकीकृत समाजवादीका सचिव राजेन्द्रबीच धरानको किचन होटलम भएको वार्ताका क्रममा कोशीको वर्तमान सरकाराबारे छलफल केन्द्रित रहेको थियो । उक्त भेटमा शेरधनले राजेन्द्रलाई एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारलाई अहिले समर्थन गरेर त्यसपछि मुख्यमन्त्री बन्न प्रस्ताव गरका छन्।
अहिलेलाई कार्की नेतृत्वको सरकारलाई सघाएर त्यसपछि आफू मुख्यमन्त्री बन्न शेरधनले राजेन्द्रसँग प्रस्ताव गरेका छन् । संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम गत भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ।
त्यसपछि संविधानको धारा १६८ को उपाधरा ५ बमोजिम संसदमा जुनसुकै सांसदले बहुमत पुर्याएर सरकारमा दाबी गर्ने ढोका खुल्न सक्छ। अहिलेलाई उपधारा ५ सम्म पुग्न नदिन एमाले नेताहरु सक्रिय भएका हुन्।
कार्कीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमाले नेता राईले एकीकृत समाजवादीको मत तान्ने कोसिस गरेका हुन्। कोशीमा एकीकृत समाजवादीका चारजना सांसद छन्। कार्कीको पक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकासहित अहिले ४६ सांसद छन्। बहुमतका लागि ४७ चाहिन्छ।
कोशीमा मध्यावधिको चिन्ता भइरहेका बेला कार्की नेतृत्वको सरकार टिकाउने उपायको खोजीमा एमाले र समाजवादी दुवै दलका नेताहरुबीच बहस जारी छ । शेरधनले राईले मध्यावधि निर्वाचनमा जानु उचित नभएको दाबी गरेका छन् ।
कोशी प्रदेशमा आफ्ना हातमा सत्ता ल्याउने दाउमा लामो समयदेखी दलका नेताहरुबीच असन्तुष्टि बढिरहेको छ । जसको कारण कोशी प्रदेशमा असल नेतृत्व नभएका नेताहरुको प्रदेश हो कि भन्ने हल्ला बाहिर आएको छ । अस्थिर राजनीतिका कारण प्रदेशका हरेक विकास निर्माणमा बाधा पर्ने भएकाले सहमतिमा सरकार गठन गरेर विकास निर्माणका पक्षमा नै अघि बढ्नु उचित देखिन्छ ।
‘