मधेश प्रदेश

धनुषा : माओवादीमा प्रवेश गर्नेकाे संख्या वृद्धि

काठमाडौं । धनुषामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नेको संख्या बढेको छ ।
वाईसीएल धनुषाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश मण्डलका अनुसार विभिन्न पार्टी परित्याग गरी उनीहरू माओवादीमा प्रवेश गरेको छन् ।

बुधबार धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामामा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, एमाले, जसपालगायत परित्याग गर्ने नवप्रवेशीहरुलाई पार्टीका मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल र धनुषा जिल्ला इन्चार्ज अजय शंकर नायकले टीका लगाएर स्वागत गरेका थिए ।


पार्टीका नगर अध्यक्ष सुनिल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिताकुमारी यादव, जिल्ला संयोजक दीपक यादव लगायतले सहभागिता जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *