काठमाडौं। मधेश प्रदेशका सांसद अभिराम शर्माले प्रदेश सभाबाट पाउँदै आएको सबै सेवा सुविधा रोक्का भएको छ ।
२०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो ।
सांसद शर्मा लोसपाका मधेश प्रदेश सभाका संसदीय दलका नेता हुन् । उनले प्रदेश सभामा सत्ता पक्षका दलका प्रमुखको रुपमा विभिन्न प्रकारका सेवा सुविधा पाउँदै आएका थिए । थमन विकको हत्या आरोपमा शर्मासहित ७ जनाविरुद्ध जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
शर्मा महोत्तरी क्षेत्र नं। ३ ९क०बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
जिल्ला अदालतको फैसलापछि सांसद शर्मा फरार छन् । अदालतको आदेशको पूर्णपाट सार्वजनिक भएपछि उनले उच्च अदालतमा पुनरावेदन दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । लोसपाले उक्त फैसलालाई राजनीतिक रुपमा पूर्वाग्राही भन्दै विरोध गरिरहको छ ।