काठमाडौं । एमाले र माओवादी सरकारबाट बाहिरिएपछि मधेश प्रदेशमा पुनः सरकार गठनका लागि आन्तरिक छलफल सुरु भएको छ । मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धनकाे सरकार बनाउने भएका हुन्। मधेश प्रदेश सरकारमा मुख्यमन्त्रीका लागि तीन जनाले दावी गरेका छन् ।
माओवादीबाट मन्त्री बनेका भरत प्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एमाले संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीकाे दाबी गरेका हुन् । मुख्यमन्त्रीका लागि तीन जनाले दाबी गरेपनि आन्तरिक छलफलबाट सहमतिमा पुग्ने जनाइएको छ ।