बागमती प्रदेश

बागमतीमा प्रि–बजेटबारे छलफल, सांसदहरूले भोलिको बैठकमा धारणा राख्ने

काठमाडौं । बागमती प्रदेशसभामा प्रि–बजेटबारे छलफल शुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

विनियोजन विधेयकमाथि सांसदहरूले बुधवार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *