बागमती प्रदेश

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिकामा भदौ ३० गते तिज विशेष कार्यक्रमको आयोजना  

 काठमाडौं ।  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले महिलाहरूको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

नगरपालिकाले  हरितालिका तिजको अवसरमा  भदौ ३० गते शनिवार  बिहान ११ बजे बाह्रबिसे नगरपालिकाको  कभर्डहल, खुर्सानीबारीमा तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

 उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा , विशेष अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर  बस्नेत र वन तथा वातावरण मन्त्री मसिना खडका लगायत राष्ट्रिय कलाकारहरूको आथित्यता रहनेछ । नगरपालिकाले सोही दिन आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा  सम्पूर्ण महिला दिदी, बहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन समेत आग्रह गरेको छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *