बागमती प्रदेश

बाग्मती प्रदेश सभाको बैठक सर्‍यो

मकवानपुर।बाग्मती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ बजे बस्ने छ ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेश सभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *