मुख्य समाचार

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो । स्पष्टीकरण सोध्दा जवाफ नदिएको भन्दै श्रेष्ठले उनलाई कारबाही गरकी थिइन् । गिरी पदमुक्त भएको सूचना चैत २६ गते टाँस गरिएको थियो । अहिले सुदुरपश्चिम प्रदेश सकारमा विभिन्न फन्डा निकाल्दै विवादको अवस्थामा पुगेको छ । अहिले सुदुरपश्चिममा कसले सरकार चलाउने भन्ने विषयमा आन्तरिक बहस र सम्झौता भएपनि ठोस निर्णय भने हुन सकेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *