ताजा समाचार

सभामुख चयनबारे छलफल गर्न नेकपा सचिवायल बैठक वालुवाटारमा बस्दै

काठमाडौं । केन्द्रीय कमिटीको बैठक नजिकिदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ । बैठकमा सभामुख चयनको विषयले प्राथमिकता पाउने बताइएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पटक पटक छलफल भएपनि सभामुखको विषय टुंगो लाग्न सकेको छैन । साथै सचिवालय बैठकले ३ नं प्रदेशको नाम र राजधानी तोकेपछि झनै विवाद बढेकाले आजको बैठकमा सो विषयले पनि प्रवेश पाउने बताइएको छ । त्यस्तै राष्ट्रिय सभा सदस्य चयन गर्ने बारेमा पनि छलफल हुने स्रोतको दावी छ ।
पार्टी केन्द्रीय कमिटी बैठक राखिने एजेण्डाको बारेमा महासचिव विष्णु पौडेलले जानकारी गराउने भएका छन् । अध्यक्ष ओली र प्रचण्ड दुवैको सहमतिमा केन्द्रीय कमिटी बैठकको एजेण्डा प्रस्तुत हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *