ताजा समाचार

प्रचण्डका पूर्व पिएसओलाई १२ घण्टा भित्रजिल्ला छाड्न निर्देशन

काठमाडौं । सरुवा भएपछि अटेरगरेका कारण चितवनका एसपीलाई जिल्ला छाड्न प्रहरीले प्रधान कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र बुझबुझारथ गर्दै जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ। तर, प्रदेशले बुधबार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा हालेका छन्।

प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ८१०४ रहेको पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख छ। प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपी गंगा पन्तको सरूवा भएको छ। उनलाई जान नदिन उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सोर्स लगाउदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *