ताजा समाचार

सभामुख उम्मेदवार चयनमा नेकपालाई सकस, आज पनि सचिवालय बैठकमा छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयनको लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानदेखि शुरु भएको हो ।

बैठकमा सभामुखसहित अन्य विभिन्न एजेण्डाबारे छलफल भइरहेको नेकपाका सहप्रवक्ता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपाले सभामुखको उम्मेदवार टुङुगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । आगामी बैठक अगावै सभामुखको उम्मेदवार टुङ्र्रगो लगाउने, उपसभामुखलाई राजिनामा दिन लगाउने स्रोतले बतायो ।

कृष्णबहादुर महरालाई संसदकी कर्मचारीले ‘बलात्कार प्रयास’मा बर्हिगमित भएपछि सभामुख पद ४ महिनादेखि रिक्त छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *