काठमाण्डाैं। सर्सती हेर्दा कृष्णवहादुर महरा जेल परेपछि उनकाे ठाउँमा नेकपाले पुर्वमाअेावादी खेमाबाट सभामुख चयन गरेर बाटाे खुला गर्नुपर्थ्याे।तर, मिलेनियम च्यालेन्ज कर्पाेरेशन विधयेक संसदमा नलगेकाे र पास गर्न भूमिका नखेलेकाे भनेर महरासंग रिसाएका प्रधानमन्त्री ओलीले महरापछि सभामुखकाे लागि सुवास नेम्वाङलाई अघि बढाए।अेालीलाई कानुनीदेखि अन्य सहयाेग गरेर खुशी पारेका नेम्वाङ त्यस्ता मानिस हुन जाे ०६३ साल देखि २०७२ सालसम्म निरन्तर सभामुख भए।थाेरै भाग्यमानी मानिस मध्येका नेम्वाङले अचानक सभामुख हुन लाेभ गरेपछि वातावरण भाँडियाे।तर,पुर्वमाअेावादी खेमा भने महरापछि आफ्नै भागमा याे पद स्वभाविक रूपमा आइपुग्छ भन्नेमा थियाे।तर राजनीति सरल रेखामा भन्दा ज्यादा वक्र रेखामा हिंडदछ।
सभामुख बन्ने मैदानमा जसरी सुवास नेम्वाङ देखा परे उसैगरि पूर्वमाअेावादी खेमाले पनि अग्नि सापकाेटालाई अघि बढायाे।सुरूमा ओली खेमाले नै विवाद देखाउन हालकै उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुख पदकाे लागि दावी गरायाे।तर कालन्तर उनी नै सभामुख हुन भनेर कम्मर कसेर मात्र लागिनन यस बीचमा उनले राष्ट्रपति विधादेवी भण्डारीकाे साथ समेत पाइन।सुवासलाई सभामुख बनाउन कस्सीएर लागेका अेाली राष्ट्रपतिकाे शिवमाया प्रतिकाे स्नेहबाट केही चिन्तित देखिएका छन।तर,त्याेभन्दा बढता तनाव उनलाई पार्टी कै अर्का अध्यक्ष पुष्पकमल दाहालसंग भएकाे छ।दाहाललाई भने पार्टीका पूर्वमाअेावादी खेमाले सभामुख पद पनि छाडने हाे भने किन राजनीति गर्ने ? एमालेसंग एकता गरेकाे विलय गरेकाे ? लगायतका अनेकन प्रश्न गरेर उनकाे अस्तित्व संकटमा परेकाे सन्देश दिइसकेका छन। अस्तित्व रक्षाकाे लागि भएपनि अब प्रचण्डले अडान लिन थालेका छन।यसरी नेकपामा एक सभामुख पदकाे लागि त्रिपक्षीय भिडन्त सुरू भएकाे छ।
खासमा सभामुख पदकाे लागि यति धेरै विवाद नहुनुपर्ने थियाे तर विवादकाे मुल जड भने अमेरिकाले दिन लागेकाे ५५ अर्ब रूपैया हाे । मिलेनियम च्यालेन्ज कर्पाेरेशनकाे विधयेक संसदबाट जसरी पनि पास गर्ने प्रधानमन्त्री ओली दत्तचित्त छन। र,उनले यसकाे लागि वातावरण सहज बनाउन पश्चिमासंग निकट रहेका सुवास नेम्वाङलाई सभामुख बनाउन खाेजेका हुन।स्राेतका अनुसार,सुवास कै कारण नेपाल धर्मनिरपेक्ष राज्य भएकाे हाे।
तर,अध्यक्ष दाहाल,बरिष्ठ नेता माधव नेपाल लगायतका नेता भने एमसिसिकाे पक्षमा छैनन।
साथै,ओलीले संसदबाट मनखुशी विध्येक पास गरि कानुन बनाउन थालेपछि यसलाई राेक्नकाे लागि पनि अन्य नेताहरू सक्रिय भएका छन । तर,यतिञ्जेलसम्म नेकपाले सभामुखमा कसलाई उठाउँछ भन्ने कुरा पत्ताे भइसकेकाे छैन।