ताजा समाचार

प्रतिक्रिया लिन खाेज्दा मेयरले पत्रकारलाई पिटे,जनकपुरमा हंगामा

काठमाण्डाैं।जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट भएकाे छ। जानकी मन्दिरकाे जग्गा अतिक्रमणकाे बारेमा प्रतिक्रिया लिन गएका पत्रकारलाई समय नलिइ किन कार्यालयमा आएकाे भनेर जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशाेर साहले हातपात गरेका छन।उनले पिटन खाेजेपछि पत्रकारहरू पनि रिसाएका थिए।यसपछि पत्रकारलाई मेयर कार्यालयबाट प्रहरीले निकालेकाे थियाे।

यता पत्रकारहरूले भने काेठामा थुनेर मेयरले पिटेकाे दाेष लगाएका छन। तर मेयर साहले भने हातपात गरेकाे कुरा अस्वीकार गरेका छन।उनले वडा अध्यक्षसंगकाे डेलिगेशन टिमसंग कुरा गर्दै गर्दा पत्रकारहरू जवरजस्ती घुसेर अनेकथरि प्रश्न गरेकाे आराेप लगाएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *