ताजा समाचार

सत्य बाेल्दा नेपालमा वाच्न गाह्राे छ-गाेकुल वास्काेटा

काठमाण्डाैं। सुचना तथा सञ्चार मन्त्री गाेकुल वास्काेटाले नेपाल सत्य वाेल्नै नहुने अवस्था सिर्जना भएकाे बताएका छन।उनले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाकाे २३अैं स्थापना दिवसकाे सन्दर्भमा वाेल्दै सुचना प्रविधि विधेयका बारेमा नचाहिने हल्ला फिंजाइएकाे बताए। उनले बडा प्रष्टसंग सामाजिक सञ्जाल दर्ता काे कुरा गरेकाे तरर याे ब्यक्तिले दर्ता गर्ने नभई कम्पनीले दर्ता गर्ने भनेकाे कुरालाई अफवाह फैलाइएकाे बताए।उनले मिडिया काउन्सिल विधेयक पनि पत्रकारकाे हित हुने गरि तयार पार्ने बताए। उनले अझ अघि भने-यसाे नगरि पत्रकारकाे अहित हुने रहेछ र कमजाेर कानुन रहेछ भने सवैभन्दा पहिला म नै राजीनामा दिन्छु र म नै पहिला विराेधमा उत्रन्छु।

उनले यसाे भनेर सरकारले गरेका कामकाे विराेध गर्न तर यसलाई ब्यवस्थासंग नजाेडन अपील गरे। सरकारसंग असन्तुष्टि छ भने भन्नुस भन्दै उनले भने तर यसलाई ब्यवस्थासंग नजाेडनुस भने। उनले कम्युनिष्ट सरकार भनेर बदनाम गर्ने काेशिश भइरहेकाे बताए।निकै उत्तेजित भएर बाेलेका मन्त्री वास्काेटाले फेसवुकले अमेरिकालाई कर तिर्न हुने तर नेपाललाई किन नहुने भनेर प्रश्न पनि गरे।

मन्त्री वास्काेटाले अरू सरकार र मन्त्रीले गफ गरेकाे तर आफु मन्त्री भएपछि पत्रकारकाे हित हुने गरि काम गरेकाे बताए।उनले पत्रकारिता वृद्धि विकास काेष खडा गरेर ५ कराेड ३४ लाख रूपैयाँ राखिएकाे बताए।उनले अब यसलाई बढाएर दस कराेड बनाउने साेच रहेकाे बताए।

तर यति धेरै काम गर्दा पनि जतातै विराेध भएकाे भन्दै उनले दुखेसाे पाेखे।उनले दिक्क मान्दै भने-सत्य वाेल्दा विराेधकाे सामना गर्नुपर्ने अवस्था भइरहेकाे छ,नेपालमा सत्य वाेल्ने अवस्था नै बनेन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *