ताजा समाचार

२० कराेड मागेकाे आराेप दुर्गा प्रसाइले लगाएपछि श्रीकृष्णले भने-दुर्गालाई मुद्धा हाल्छु

काठमाण्डाैं।नेकपा अध्यक्ष पुष्पमल दाहाल निकट ब्यापारी दुर्गा प्रसाइले झापामा उनले खाेलेकाे अस्पताल वीएण्ड सीलाइ सम्वन्धन दिन चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष श्रीकृष्ण गिरिले २० कराेड रूपैया घुस मागेकाे दावी गरेपछि नयाँ विवाद सुरू भएकाे छ।

प्रसाइले वुधवार पत्रकारसम्मेलन गरि गिरिले घुस मागेकाे बताएका थिए।उनले यसरी अभियाेग लगाएकाे एक घण्टा भित्रमा नै उपाध्यक्ष गिरिले आफनाे चरित्र हत्या भएकाे र यसकाे कानुनी उपचार खाेज्ने वताएका छन। उनले विज्ञप्ति निकाल्दै प्रसाइले भनेकाे कुरा सरासर गलत रहेकाे बताएका छन।उनले आफु हाेटल द्धारिका नगएकाे पनि बताएका छन।

तर यसअघि प्रसाइले भने हाेटलमा पुगेर गिरिले २० कराेड घुस मागेकाे दावी गरेका थिए।उनले एक दुइ कराेड भए आफुले घुस दिने तर यति ठुलाे रकम दिन नसक्ने बताएकाे पत्रकारलाइ जानकारी गराए।यता उपाध्यक्ष गिरिले भने कानुनी उपचार खाेज्ने भनेर प्रसाइ विरूद्ध मुद्धा हाल्ने संकेत गरेका छन।गिरि नेकपा कै नेता तथा मन्त्री गिरिराजमणि पाेखरेल निकट हुन भने प्रसाइ प्रचण्ड निकट ब्यापारी हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *