काठमाडौं। शुक्रबार बिहान साथीसंग मार्निङ वाक निस्किएका धनुषाका दिलीपकुमार महतो ‘ओमप्रकाश’को औरही खोलामा टिपरले किचेर हत्या गरिएको छ । अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले औरही खोलामा किचेर हत्या गरेको हो ।
नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । टिफर र चालक नियन्त्रमा लिएको अनुसन्धान भईरहेको यादवले बताए । महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए ।
रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीयबासीले आक्रोश पोखेका छन् । आक्रोशित स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन ।