ताजा समाचार

नेकपा सचिवालय वैठक सकियाे-उपसभामुख शिवमायाकाे राजीनामा माग्ने निर्णय

काठमाण्डाैं।नेकपा सचिवालय वैठकले कडा निर्णय गरेकाे छ।शनिवार अपरान्ह बसेकाे वैठकले उपसभामुख शिवमाया तुम्वाहामम्फेकाे राजीनामा माग्ने निर्णय गरेकाे छ।वैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे थियाे।

शुक्रवार पार्टी अध्यक्षद्धय केपी अेाली र पुष्पकमल दाहाललाइ भेटेर निकै कडा रूपमा प्रस्तुत भएकी शिवमायाले पुष २७ गते बस्ने संसद वैठकसम्म पनि नेकपाले सभामुखमा कुनै सहमति गर्न नसके चुनावकाे तालिका सार्वजनिक गर्ने धम्की दिएपछि रिसाएका अध्यक्षहरूले शनिवार नै उपसभामुखकाे राजीनामा माग्ने निर्णय गरेका छन।

शनिवारकाे सचिवालय वैठकमा नेकपाले सभामुख चयनकाे लागि चुनावी प्रक्रियामा जाने निर्णय गरिएकाे छ। यसपछि संवैधानिक प्रावधान अनुसार नेकपाले सभामुख पद लिएपछि उपसभामुख अन्य दलले पाउनुपर्नेछ।यसै हिसावले उपसभामुख शिवमाया तुम्वाहाम्फेकाे राजीनामा मागिएकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *