ताजा समाचार

प्रदेश ३ को राजधानी हेटौंडा कायम, धुलिखेल प्रस्तावमा मात्र ३ मत

काठमाडौं । प्रदेश ३ को राजधानी हेटौंडा कायम भएको छ । प्रदेश ३ को आज बसेको बैठकमा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे ।

प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय१० सदस्य रहेको प्रदेशसभामामतदानका लागि १ सय ८ जना मात्रै सहभागी थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो।

हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा (संयुक्त) लगायत ६ दलका सांसद थिए ।
त्यस्तै ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेलमा कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ।
साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले काभ्रेको धुलिखेलमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १ सय १ मत परेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *