ताजा समाचार

संसद वैठक माघ ६ गते सम्म स्थगीत,उपसभामुख खुसुक्क वालुवाटारमा पसिन्

काठमाण्डाैं। नेताहरूकाे निर्देशन मान्दिन  र संसद वैठक चलाउँछु भनेर अड्डी कसेकी उपसभामुख शिवमाया तुम्वाहाङफेले अाइतवार संसद वैठक चलाउन सकिनन्। उनले नेताहरूकाे निर्देशन जे भएपनि संसद बैठक चलाउछु भनेर अडान लिएकी थिइन।तर,यसाे भएन।बरू,विहानै देखि चलेकाे वालुवाटारकाे वैठकमा स्वयम उपसभामुख समेत प्रवेश गरिन्।

सभामुख चयनकाे लागि भएकाे वैठकमा उपसभामुख समेत सामेल भएपनि नेकपाले यसवारेमा कुनै निर्णय गर्न सकेन।बरू संसद वैठक भने माघ ६ गते सम्मकाे लागि स्थगीत गरिएकाे छ।

शनिवार बसेकाे नेकपा सचिवालयकाे वैठकले भने उपसभामुखलाइ राजीनामा दिन निर्देशन दिएकाे थियाे तर उनले भने मानेकी छैनन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *