ताजा समाचार

कांग्रेसले भन्याे-नेकपाले संसदलाई लाचार छायाँ बनायाे

काठमाण्डाैं। लगातार तेस्राे पटक पनि संसद वैठक सुचना टाँसेर स्थगीत गरेपछि नेपाली कांग्रेसले यसलाई लज्जाजनक काम भनेर टिप्पणी गरेकेा छ।

संसदलाई नेकपा सरकारले लाचार छाया बनाउन खाेजेकाे अभियाेग पनि कांग्रेसले लगाएकाे छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्तिमा तिन महिना देखि रिक्त सभामुख पद नेकपाले छान्ने प्रक्रिाय अघि बढन नदिनु र दलगत विवादकाे असर संसदमा पार्नु उचित नभएकाे भनेकाे छ।कांग्रेसले अझ अघि भनेकाे छ-

प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दु:खद छ l नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ l

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ l तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ l

स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ l

जय नेपाल !

विश्वप्रकाश शर्मा

प्रवक्ता

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *