ताजा समाचार

ठमेल गुण्डागर्दीको अखडा : चरीका दाजुको छुट्टै समूह

काठमाडौं।पछिल्लो समय गुण्डा नाईकेदेखि टोले गुण्डासम्म सल्बलाउन थालेका छन । प्रहरीले गुण्डाहरुलाई पक्राउ गर्नेक्रम तिव्र पारेको छ । राजधानी काठमाडौंबाट प्रहरीले टोले गुण्डादेखि बिभिन्न अपराधमा मुछिएका, जेल बसेर छुटेका एक दर्जन बढीलाई नियन्त्रणमा लिएको छ। दुई महिनाको अवधिमा गुण्डागर्दीमा संलग्न नयाँ र पुराना अनुहार गरी दुई दर्जन बढीलाई पक्राउ परिसकेका छन ।

पुराना गुण्डाहरूमा रमेश बाहुन भनिने सुजन पौडेलको दाँया हात मानेनी दुर्गा राईदेखि प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी (चरी) समूहका गुण्डा पक्राउ परेका छन् ।

पछिल्लो समय चरीको बिँडो उनका सहोदर दाजु ध्रुब अधिकारीले समालेको प्रहरीले जनाएको छ । ठमेलको ज्याठा चोकमा भिआपी लाउन्ज बार सञ्चालन गर्दै आएका ध्रुब आफनो बलियो गुट बनाउन लागि परेको स्रोतको दाबी छ । ध्रुब समूहका दुई गुण्डा प्रहरीको फन्दामा परेपछि अनुसन्धानको क्रममा गुटको रहस्य खुलासा भएको हो । बाग्लुङ ढोरपाटन स्थाई घर भई ग्रिनल्याण्ड बस्ने देबेन्द्रबहादुर घर्तिमगर र धादिङ घर भई नयाँ बजार बस्ने सुजन पौडेललाई पक्राउ गरेपछि ध्रुब गुटको खुलासा भएको हो ।

आफनो भाई चरीको प्रहरी ईन्काउन्टरमा मारिएपछि ध्रुबले त्यसको बदला लिन गुटको जन्म गर्न लागेको स्रोतको दाबी छ । पक्राउ परेका घर्तिमगर र पौडेल दुबै जना ४ बर्ष जेल बसेर निस्केका कैदी हुन् । गोली प्रहारी गरी एक जनाको हत्या प्रयास र अर्का एक जनालाई खुकुरी प्रहार गरेको अभियोग उनिहरूमाथि लागेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *