ताजा समाचार

गाेकुल बास्काेटाले भने-प्रधानमन्त्री ज्यान मार्दै हिंडने जस्ताे हुनुहुन्छ र ?

काठमाण्डाैं। सञ्चार मन्त्री गाेकुल बास्काेटाले वालुवाटारबाट नेकपा नेता भीम रावललाई कसले ज्यान मार्ने धम्की दियाे प्रष्ट पार्न भनेका छन।विहिवार साप्ताहिक रूपमा गरिदै आएकाे पत्रकार सम्मेलनमा उनले कसले र कुन नम्वरबाट फाेन गरेर धम्की दिइयाे प्रष्ट पार्न नेता रावललाई भनेका छन।

केही दिन अघि नेता रावलले वालुवाटारबाट धम्की आएकाे बताएका थिए।तर सञ्चार मन्त्रीवास्काेटाले बिहिवार पत्रकारहरूसंग के प्रधानमन्त्री घाँटीमा गाेलीकाे माला लगाएर हिंडने,कसैले केही बाेल्याे कि गाेली हान्ने खालकाे हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए।

मन्त्री वास्काेटाले नेता रावललाई सुरक्षा दिनकाे लागि अगुवा र पिछुवा सुरक्षाकर्मी पनि दिइएकाे बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *