ताजा समाचार

देउवाकाे कारण सभामुखमा सहमति,प्रचण्ड समुहकाे जित भयाे तर उम्मेदवार अनिश्चित

काठमाण्डाैं।सत्तारूढ नेकपाले लामाे समय पछि सभामुख विवाद सहमति गरेकाे छ।विहिवार पार्टी अध्यक्षद्धवय केपी अेाली र पुष्पकमल दाहाल प्रचण्डविच भएकाे समझदारी अनुसार अब सभामुख प्रचण्ड समुहले नै पाउने निश्चित भएकाे छ। सभामुख चयन गर्न नसक्दा नेकपाकाे सर्वत्र अालाेचना भइरहेकाे थियाे तर विहिवार भने पुर्वमाअेावादी समुहलाइ नै सभामुख दिने माेटाे समझदारी भएकाे छ तर कसलाइ सभामुख बनाउने भन्ने सहमति भने भइसकेकाे छैन।प्रचण्डले सुरूवात अग्नी सापकाेटालाइ सभामुख बनाउने तयारी गरेपछि प्रधानमन्त्री अेाली याे नाममा सहमति हुन नसकेपछि अरू नामकाे खाेजी हुन थालेकाे छ।स्राेतले भन्याे-पुर्वमाअेावादी समुहलाइ नै सभामुख दिने सहमति भयाे।उपसभामुखले राजीनामा दिन्छिन।र,उनी सभामुख हुन पाउदिनन।तर पात्रकाे बारेमा सहमति भइसकेकाे छैन।

पुर्वमाअेावादी समुहले सभामुख पाउने भएपनि पात्रकाे वारेमा भने दुइ अध्यक्षकाे सहमति अनुसार नै चयन गर्ने सहमति भएकाे छ।संसद चलाउन प्रधानमन्त्रीलाइ अनुकुल हुने पात्रका अहिले खाेजी भइरहेकाे छ।

कांग्रेस सभापति शेरवहादुर देउवाले मंगलवार यदि सत्तारूढ दल नेकपाले सभामुख चयन गर्न नसक्ने हाे भने कांग्रेसले सभामुख चलाइदिने बताएका थिए।उनकाे याे अभिब्यक्तिले सत्तारूढ दलमा ठुलाे चाेट परेकाे वुझिएकाे छ। कांग्रेसले यसाे भन्दा अर्न्तराष्ट्रिय समुदायले समेत गम्भीरतापुर्वक लिने र नेकपाकाे झन वेइज्जत हुने भन्दै दुइ अध्यक्ष सहमतिमा पुगेका हुन। देउवाले सभामुख हुन कांग्रेसमा एक से एक मानिस रहेकाे बताएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *