ताजा समाचार

अग्नी सापकाेटालाई सभामुख बनाउने ओली र प्रचण्डविच सहमति

काठमाण्डाैं। नेकपाले सभामुखमा अग्नी सापकाेटालाइ बनाउने सहमति गरेकाे छ। विहान ९ बजेकाे देखि बसेकाे नेकपाका दुइ अध्यक्ष विचकाे वैठकमा सिन्धुपाल्चाेकबाट निर्वाचित सांसद अग्नी सापकाेटालाइ सभामुख बनाउने सहमति गरेका हुन। यसलाइ अब चार बजे बस्ने सचिवालयकाे वैठकबाट अनुमाेदन गरिनेछ।

याे सहमति पछि महिना दिन देखि कायम रहेकाे विवादकाे हल भएकाे छ।अब यहि सहमति पछि उपसभामुख शिवमाया तुम्वाहाङफेकाे राजीनामा दिनुपर्नेछ।संवैधानिक प्रावधान अनुसार,सभामुख र उपसभामुख एउटै दलकाे हुनुहुनेछैन।

तर स्वयम शिवमाया पनि सभामुखकाे लागि लविङ गर्दै थिइन। सभामुखकाे याे दाैडमा सवैभन्दा ठुलाे हार सुवास नेम्वाङकाे भएकाे छ।पाच पटक सम्म सभामुख भइसकेका नेम्वाङले पुन सभामुख हुन चाहेका थिए तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अडानले गर्दा उनकाे सभामुख हुने इच्छा पुरा भएन।यसअघि सभामुख पद पनि पुर्वएमाले र पुर्वमाअेावादी विच भागवण्डाकाे अाधारमा तय गरिएकाे थियाे।महरा जेल परेपछि याे  पद पुर्वमाअेावादीले नै पाउनुपर्ने माग प्रचण्ड समुहकाे थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *