काठमाण्डाैं।नेपाली कांग्रेसले संसदकाे सभामुख पदमा उम्मेदवार उठाउने तयारी गरेकाे छ।महिना दिन लामाे रस्साकस्सी र विवाद पछि बल्ल अग्नी सापकाेटालाई सभामुख बनाउन नेकपा तयार रहेकाे बेलामा कांग्रेसले भने हत्या अभियाेग लागेका र अदालतमा मुद्धा चलेका पात्रलाई सभामुख बनाउन उपयुक्त नहुने भन्दै सापकाेटाकाे विरूद्धमा उम्मेदवार खडा गर्ने तयारी थालेकाे छ।कांग्रेसले संसदीय दलकाे सचेतक तथा कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नाकाेतर गरेकी पुष्पा भषाललाई उठाउने तयारी गरेकाे हाे।
नेकपाले सापकाेटालाई उठाउने भन्ने वितिकै सामाजिक सञ्जाल देखि सञ्चार माध्याममा समेत सापकाेटाकाे विरूद्धमा समाचार आउन थालेका छन। सापकाेटाकाे समेत संलग्नतामा काभ्रेका अर्जुन लामाकाे हत्या भएकाे र उनलाई उनैले खनेकाे खाल्डाेमा हालेर मारेकाे अभियाेग सम्वन्धी खवर आउन थालेकाे छ।यहि विषयमा परेकाे उजुरीमा अदालतले माघ २२ गते पेशी समेत ताेकेकाे छ।अघिल्ला सभामुख बलात्कार आराेपी र यी सभामुख हत्या आराेप भन्दै कांग्रेसले असन्तुष्टि जनाएकाे हाे।तर,नेकपा भने यसमा माैन छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा नै सापकाेटाकाे चयन प्रति असन्तुष्टि जनाएका छन।उनले भनेका छन- सरकारको नेतृत्व भन्दा `संसद´ को नेतृत्व फरक गरिमा,सालिनता र सन्तुलनको संस्कारगत छवि समेत अनुभुती हुनुपर्ने जिम्मेवारी हो l सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद ?