काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोस्टको संयुक्त रूपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भिडियो प्रविधिमार्फत इन्टिग्रेटेड चेकपोस्टको संयुक्त उद्घाटन गरिएको जनाएका छन् ।
ओली र मोदीले बुधवारै नुवाकोट र गोरखामा पुनर्न्मित आवास घरहरूको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उद्घाटनका क्रममा ओली र मोदी दुवैले सम्बोधन समेत गरेका छन् ।उद्घाटन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा बोलेका छन् । आफ्नो सम्बोधनको शुरूमा अभिवादनपश्चात मोदीले ‘कस्तो छ रु’ भनेका थिए ।ओली र मोदीले आजै नुवाकोट र गोरखामा पुनर्न्मिित घरहरूको पनि उद्घाटन् गरेका छन् । मोदीले नेपाल भ्रमणको इच्छा पनि व्यक्त गरेका छन् सम्बोधनको अन्तिमतिर नेपाली जनताको दर्शनका लागि आफू छिटै नेपाल आउन चाहेको बताएका थिए ।