देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसले कति रकम गरे ठगी (सुचिसहित)

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै व्यक्तिगत र संगठित रुपमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष आएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोतिहरुमा बालकृष्ण खाण, डा. ईन्द्रजित राई, टोप बहादुर रायमाझी, टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र के.सी.गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दीपा हुमागाई, सन्देश शर्मा, रामशरण के‍‍.सी., शमशेर मिया, टंक कुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, नीरज राई र आशिष बुढाथोकीले सो रकम ठगी जारी गएिको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेपछि हिरासतमा राखेर अनुसन्धान पश्चात सरकारी वकिल कार्यलयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदन वुझाएपछि आरोपितहरुले अहिले जेलमा बस्न्ुपर्ने कानुनी प्रावधान रहेकाले कसरी मुक्ती पाउन सकिन्छ भनेर विभिन्न बयान दिदैँ आइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *