रिबन

तेलअभिभ पुगे बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलको तेलअभिभ पुगेका छन् । गाजाको अस्पतालमा भएको हमलापछि बाइडेनको इजरायल भ्रमणलाई अझ नजिकबाट हेरिएको छ ।

बाइडेनलाई तेलअभिभ विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन न्त्यान्याहूले स्वागत गरेका छन् ।

बाइडेन इजरायलपछि अरबदेशका नेताहरुको शिखर सम्मेलनमा जोर्डन जाने कार्यक्रम भने गएराती गाजाको अस्पतालमा भएको आक्रमणपछि स्थगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *