काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
भदौ २९ गते तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ मा सहभागी हुन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई बुधबार बेलुका सामान्य हृदयघात भएर अस्पताल भर्ना गरिएको छ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त छ।