खेलकुद

हङकङ ९४ रनमा अल आउट

काठमाडौँ । हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएपछि नेपालले ९५ रनको लक्ष्य पाएको हो ।

हङकङका लागि यासिम मुर्ताजाले सर्बाधिक ३६ रन बनाए भने जीशान अलीले १७ रन बनाएका थिए । यो बाहेक हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिएका हुन् ।

त्यस्तै सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने कुशल मल्ल र मौसम ढकालले एक एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *