
काठमाडौं । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको छ ।
मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार बुधबार राति उनलाई हृदयाघात भएको थियो । श्रेष्ठको अहिले बेइजिङस्थित ‘पेकिङ युनियन मेडिकल कलेज हस्पिटल’ मा उपचार भइरहेको छ।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको गिरीको भनाइ छ ।
उनलाई २४ घण्टा आइसियु अब्जरभेसनमा राखिने चिकित्सकले बताएका छन्। श्रेष्ठको स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासन र नेपाली दूतावासले आधिकारिक प्रेसनोट जारी गर्ने तयारी गरिरहेका छन्।