देश

निगमद्वारा तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान

काठमाडौं । नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिद गर्न लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी)मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ’ गर्न मिल्ने सानो जहाज खरिद गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *