काठमाडौं । आइतबार आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
पटक–पटक चार रेक्टरस्केल भन्दामाथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ७:३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।