राजनीति

गृहमन्त्री श्रेष्ठ फर्किए स्वदेश

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्ककिएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका श्रेष्ठलाई हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर बुधबार स्वदेश फर्किएका हुन् ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *