रिबन

नेपाली कामदारलाई रोमानियामा श्रमशोषण गर्दै कुटपिट

काठमाडौं । रोमानिया सरकारले नेपाली कामदारहरुलाई श्रम शोषण गरेको छ । रोमनियामा काम गर्न गएका नेपालीहरुलाई त्यहाँको सरकारले अधिक काममा लगाउने र नेपालीहरुलाई मेसिन बनाएर् आरम गर्ने समय सम्म नदिएको र कामबाट जर्बजस्ती निकाल्ने प्रवृत्ति बढ्दै गएको रोमनियामा रोजगारी गर्न गएका नेपालीहरुले बताएका छन्

अहिले रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको ताप्लेजुङ घर भएका श्रमिकले बताएका छन् । उनका अनुसार साहुले आफूलाई काठका भाटाले पेट, पिँठ्यु र टाउकोमा निर्मम तरिकाले पिटेको गुनासो गरेका छन् । गत आइतबार ज्यान जोगाउँदै भागेका उनलाई उक्त कम्पनीका सञ्चालकले मार्ने धम्कीएका थिए । तर श्रमिकले आफ्नो ज्यान जोगाउन भागिरहेको अवस्थामा समेत सवारीको प्रयोग गरेर रोमनियाका साहुले लखेटेका थिए ।

साहुको कुटाई खाएर घद्दाइते भएका पिडित कामदारले स्वास्थ्य परिक्षण लगाएत उपचारका लागि एम्बुलेन्सको सहयता लिइ अस्पाताल पु्गेका थिए । पिडितले प्रहरीलाई आफ्नो ज्यान बचाउन सहयोग माग्दा समेत आँफू जिम्मेवार नभएको प्रहरीले बताएको पिडितको गुनासो छ । पिडित नेपालीलाई अदालतमा गएर उजुरी गरेको अवस्थामा मात्र न्याय पाउने बताएको उनको भनाइ छ । तर पिडित नेपाली श्रमिकले अदालतमा गएर उजुरी गर्न पैसा नभएको र अन्य प्रक्रिया समेत थाहा नभएकाले चिन्तित बनेका छन् ।

यातनाबाट घाइते कामदार बुखारेस्टमा अन्य नेपाली श्रमिकहरूसँग बसिरहेका छन् हाल आफू बुखारेस्टमा नेपाली श्रमिकहरुसँगै बसिहरेको र त्यहाँ आफूजस्तै पीडित अरु पनि धेरै रहेको उनले बताए। उनले एउटा कोठामा ११ जना समस्याग्रस्थ भएर मुस्किलले बसिरहेकाले उद्दार गरिदिन माग गरेका छन् कम्पनीको शोषण र दुर्व्यवहारमा परेका अरु पनि धेरै रहेछन्। अहिले उनीहरु नेपाल फर्किन टिकट काट्ने पैसा नभएर अलपत्र परेका छन्।’

उनका अनुसार, राहदानीलगायतका कागजात कम्पनीले आफै राख्ने, बन्धकजस्तै बनाएर काममा लगाउने र काम गर्न नसक्ने भएमा सहजरूपमा रिलिज पेपर पनि नदिने प्रवृत्तिका कारण नेपालीहरू बढी पीडित छन्। वैदेशिक रोजगार बोर्डको हेल्पलाइनमा फोन गर्दा नउठेको र आफूहरु सहाराविहीन हुन पुगेको ती युवाहरुको गुनासो छ ।

रोमानियासमेत हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा यसबारे जानकारी माग गर्दा राजदूत रामकाजी खड्काले यस घटनाबारे आफूलाई जानकारी नभएको र कसैले खबर पनि नगरेको बताएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा अन्य देश जाने नेपाली कामदारहरुलाई पनि त्यहाँको सरकाले अवहेलना गरिरहेको छ । पछिल्लो समय दक्षिण कोरिया , अमेरिका, जापान लगायत अन्य देशमा पनि नेपाली कामदारहरुलाई त्यहाँको सरकारले श्रमशोषण गरिरहेका घटनाहरु सामाजिक सँजालमा सार्वजनिक हुन थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट