
काठमाडौं । दशैँ मनाउन भिडभाडको व्यस्त शहर काठमाडौंबाट गाउँ फर्केका नागरिकहरु दशैं बिदा सकिन लागेकाले पुनः काठमाडौं फर्कन थालेका छन् । गाउँबाट काठमाडौं आउन थालेपछि मानिसहरु सुनसान बनेको काठमाडौँमा पुनः चलपहल बढ्न थालेको हो ।
बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा हल्का चाप बढ्न थालेको छ । केही दिनमै सरकारी कार्यालयहरु सँचालनमा आउने भएपछि बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् । गाउँबाट काठमाडौँ आउनेहरुले गाउँघरको केमिकलरहित खानेकुराहरु केही मात्रामा लिएर आएको बताउँछन् । काठमाडौंमा विषादीविहिन खानेकुरा पाउन मुस्किल भएकाले पनि गाउँबाट विषादीबिहिन खानेकुरा लिएर काठमाडौँ आएको उनीहरुको भनाइ छ ।
घरबाट फर्किनेहरू बढेपछि काठमाडौंका चोक र बसपार्कमा पनि भीडभाड हुन थालेकाे छ । काठमाडौं अाएपछि उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधनको अभावका कारण गन्तव्य स्थान सम्म पुग्न समस्या परेको उनीहरु बताउँछन् । सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालनमा आउने .छन् । दशैँको अवसरमा परिवारजनमा भेटघाट हुने र ठूलाबडाको हातबाट आर्शिवाद लिने भएकाले सबैको मुहार हँसिलो देखिन्थ्यो तर दशैँको विदा मनाएर पुनः कार्यस्थल फर्कनेहरुको अनुहारमा निराशा छाएको देखिन्छ ।