
काठमाडौं । इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला कतारको एक अदालतले गरेको छ । भारतीय सैनिकका पूर्वअधिकारीहरु रहेका उनीहरुले इजरयलमाथि जासुसी गरेको अभियोगमा अदालतले मृत्यु् दण्डको फैसला गरेको हो ।
कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको र हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको कतारका स्थानीय सँचारमाध्यमहरुले जनाएका छन् । स्थानीय संचारमाध्यमका अनु्सार मृत्यु दण्डको पूर्ण पाठ भने सार्वजनिक भएको छैन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।
कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ ।