
काठमाडौं । नेपालमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ छ । महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य हो । यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य निर्धारण गरिएको छ ।
महासंघका अनुसार कार्तिक ३ गते १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । दसैँपछि आज सुरु भएको कारोबारमा तोलामा ५०० मूल्य बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । चाँदीको मुल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ ।