राजनीति

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको चार दिने नेपाल भ्रमण, शिर्ष नेताहरुबीच भएको भेटवार्तामा के दिए सन्देश ?

काठमाडौं । आइतबार चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राजनैतिक दलका शिर्ष नेताहरुसंगको भेटवार्तालाई बाक्लो पारेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला प्रधानमन्त्री प्रचण्डले गुटरेसलाई नेपाल भ्रमणको निम्तो दिएपछि महाचिव गुटेरेस नेपाल भ्रमणमा आएका हुन् । महाचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरेका थिए । प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल र यूएन महासचिवसहितको प्रतिनिधि मण्डलबीच दुईपक्षीय छलफल भएको छ।

महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रसंघकोको साथ र सहयोग रहने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्ने भएका छन् ।

यस्तै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देवासंग नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा देउवासँग भेट गरेका छन् । गुटेरेस र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तामा पनि नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।

यस्तै महाचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का , सभामुख देवराज घिमिरे लगाएतका शिर्ष नेताहरुसंग भेट गरेका छन् । नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको उनले बताए । विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको समेत उनले जनाए । नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम समेत प्रशंसनीय रहेको उनले बताएका छन् ।

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक संकट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताए । महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने बताए । भोलि महासचिव गुटेरेस एभरेष्ट बेसक्क्याम्प जाने कार्यक्रम छ । मंगलवार उनले नेपालको संसदमा संवोधन गर्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने संसद भवनमा प्रधानमन्त्री प्रचण्डले सबै राजनैतिक दलका नेताहरुलाई औपचारिक पोसाक लगाउन आग्रह समेत गरेका छन् ।

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसँग भएको शिर्ष नेताहरुसँगको भेटमा राजनैतिक, सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा घटिरहेका घटनाका बारेमा कुरा उठाएका छन् । महासचिव गुटेरेसले देश तथा विदेशमा घटिरहेका कटनाका वारेमा समेत चासो देखाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा जुनसुकै देशले पनि सुमधुर सम्बन्ध स्थापित गर्नका लागि शान्तिपूर्ण सहअस्तित्वको विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले इजरायल प्लेस्टाइनबीचको युद्धका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल युद्धविराम गर्न अपिल गरेका छन् ।यस्तै उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीका परिवारप्रति शोक व्यक्त गर्दै अहिलेसम्म बेपत्ता रहेका विपीन जोशीको सुरक्षित उद्धारको अपेक्षा गरेका छन ।

यसअघि प्रधानमन्त्ती प्रचण्डको कार्यकालमै सन् २००८ मा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल भ्रमणमा आएका थिए। त्यसपछि १५ वर्षपछि महासचिव गुटेरेस नेपाल भ्रमणमा आएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *