देश

भोलिदेखि सरकारी कार्यालय बिहान १० देखि ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरीका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् ।

शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् । जाडोयाममा दिन छोटो हुने भएकाले यो तीन महिनाको अवधिमा हरेक वर्ष कार्यालय समय एक घन्टा घटाउने गरिएको छ ।

अहिले सरकारी कार्यालयहरू बिहान १० देखि अपराह्न ५ बजेसम्म खुल्ने गरेका थिए । सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढेको भन्दै सरकारले यसअघि दुई सिफ्टमा धेरै भीड हुने सरकारी कार्यालय खुलाउने निर्णय गरे पनि त्यो कार्यान्वयनमा आउन भने सकेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *