खेलकुद

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ । ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी ती -२० विश्वकप छनौटको एशिया क्षेत्रको समुह ए को अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो ।

ओमानका लागि कप्तान जीशान मक्सूदले सर्बाधिक ३२ रन बनाएका थिए भने नसीम खुशीले २५, प्रतिक अथावालेले २४, आयान खानले १८, शकील अहमदले अविजित २२ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसीले सर्बाधिक ३विकेट लिएका थिए । करणले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने गुलशन झा र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *