देश

रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णय बदर, अब कैद सजाय भुक्तान गर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ ।

यसका साथै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

अदालतको यो आदेशसँगै अब रिगल फेरि पक्राउ पर्ने भएका छन् । रिगललाई कैद मिनाहा गर्ने सरकार र स्वीकृत गर्ने राष्ट्रपति नैतिक संकटमा परेका छन् ।

नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय काटिरहेका रिगल शक्ति लगाएर कैद मिनाह गर्न सफल भएका थिए ।

उनको बाँकी सजाय मिनाहा गर्न गृह मन्त्रालयले निर्णय गर्दै स्वीकृतका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । राष्ट्रपतिले आममाफी दिएपछि उनी असोज ३ मा संविधान दिवसको दिन छुटेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *