
काठमाडौं । युएईविरुद्ध नेपालका ओपनर ब्याटसम्यान आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । आसिफले ३९ बलमा ६ चौका र एक छक्कासहित ५० रन बनाएका हुन् ।
२२ वर्षीय आसिफले करियरको चौथो अर्धसतक हो । यसअघि नेदरल्यान्ड्स, मलेसिया र युएईविरुद्ध ५० रन बनाएका थिए । पछिल्लोपटक मूलपानीमै युएईविरुद्ध ६२ रन बनाएका हुन् ।
आसिफले अर्धशतक बनाउँदा नेपाल दुई विकेट गुमाएर ९३ रन बनाएको छ ।