कोशी प्रदेश

कोशीमा मुख्यमन्त्ती कार्कीले गरे मन्त्रिपरिषद विस्तार, दुई मन्त्तीले लिए सपथ

काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्ती कार्कीले कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक/ एक जना मन्त्ती नियुक्ती गरेका छन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई शुक्रबार साँझ मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त दुवै मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् । नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

कार्कीले सहमतीय सरकार बनाउन भन्दै माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए पनि एमाले असन्तुष्ट बन्दै सरकारबाट बाहिरीने जनाउन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *