रिबन

भूकम्पमा परी मृत्यु भएका १२० को शव आफन्तलाई बुझाइयो, ३७ को बाँकी

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमको भूकम्पमा परी ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी छ ।

भूकम्पमा परी जाजरकोटमा १०५ को मृत्यु भएको छ । १०६ जना घाइते भएका छन् । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र १३२ जना घाइते भएका छन् । दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका भौतिक संरचनामा व्यापक क्षति भएको छ । दुई हजारभन्दा बढी घर भत्किएका छन् । स्थानीयहरु खुला आकाशमुनि रात कटाउन बाध्य भएका छन् । भूकम्प पीडितलाई लक्षित गरी सरकारले विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ । त्यसका लागि आज प्रधानमन्त्री नेतृत्वको दैवीप्रकोप राहत उद्धार कोष र मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *