
काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल उपविजेतामै सीमित भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा ओमानले नेपाललाई सुपर ओभरमा पराजित गरेको हो । सुरुमा नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले नौ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।
त्यसपछि सुपर ओभरमा नेपालले २२ रनको लक्ष्य पाएको थियो । ओमानले सुपर ओभरमा तीन छक्का हान्दै विस्फोटक इनिङ खेलेको थियो । सुपर ओभरमा नेपालका बलर अभिनाश बोहोरा निकै महंगो सावित हुन पुगे ।
२२ रनको लक्ष्य प्राप्त गरेर ब्याटिङमा आएको नेपालका कुशल भुर्तेल क्याच आउट हुन पुगे । त्यसपछि कुशल मल्ल ब्याटिङमा आए । सुपर ओभरमा नेपालले १० रन मात्र बनाउन पुग्यो । नेपाल र ओमान दुवै अर्को वर्ष हुने टी–२० विश्वकपमा प्रवेश गरिसकेका छन् ।