देश

चीनद्धारा भूकम्पपीडितलाई १० करोड बराबरको राहत सामग्री

काठमाडौं । उत्तरी छिमेकी चीनले जाजरकोटसहितका विभिन्न जिल्लामा भूकम्पमा परी प्रभावित बनेका भूकम्प पिडितहरुका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत सोङका अनुसार सोमबार झिलाङ÷रसुवागढी नाका हुँदा उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको छ ।

यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल रहेको राजदूत सोङले जनाएका छन् । राजदूत सोङले ती राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइने बताएका छन् । चीनले भूकम्पपीडितका लागि अझै राहत सामग्री पठाउने तयारीमा रहेको उनको भनाइ छ । चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपत्‍को यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताउँदै उनले भूकम्पपीडितको घर पुनर्निर्माणमा समेत सघाउने सहयोग गर्ने उल्लेख गरेका छन् ।

सोमबार प्रधानमन्त्ती प्रचण्डलाई भेटेर उनले नेपाललाई सकेको सहयोग गर्ने बताएका थिए । शुक्रबार गएको भूकम्पको क्षतिबारे जानकारी पाउनासाथ शनिबार चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो।

आइतबार मात्रै भारतले पनि नेपालका लागि राहत सामग्री सेनाको विशेष जहाजबाट नेपालगञ्जबाट पठाएको थियो। भारतले पनि उक्त राहत सामग्री पहिलो खेप भएको बताउँदै थप सहयोग गर्ने जनाएको छ । अहिले भूकम्प पिडितहरुका लागि सबैले सकेको सहयोग गरिरहेका छन् । नेपाल सरकारले पनि भूकम्प पिडितका लागि संकलित भएको रकम जम्मा गर्नका लागि विभिन्न बैङहरु तोकिसेकाे छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *