
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईपूजा गरेका छन्। राष्ट्रपति पौडेलले कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् ।
शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी राष्ट्रपति पौडेलले मिठामिठा खानेकुरा गाईलाई खुवाएका छन् । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाताको रुपमा लिने प्रचलन चलि आएको छ । यस्तै गाई नेपालीहरुको राष्ट्रिय जनावर पनि हो ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धनको डोरोले माला उनेर लगाईदिने तथा गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने परम्परा पनि परापूर्वक कालदेखि चलिआएको छ । भोली अर्था तिहारको चौथो दिन गोरुपूजा वा गोबर्द्धन पर्वतको पूजा गर्ने दिन हो ।